धर्मपुत्रको रुपमा पठाएका ३ बालबालिकाको भारतबाट सकुसल उद्धार

२०८० पुष २, सोमबार

विराटनगर : कोशी प्रदेश ,विराटनगरबाट बिगत ४ महिना देखि हराएका बालबालिकाहरु सकुसल उद्धार गरी नेपाल ल्याइएको छ। विराटनगर महानगरपालिकावाट वडा नं. १८ र १९ वाट मिति २०८०।०६।१० र २८ मा हराई खोजतलास गर्दा भारतको कटिहार र पुर्णिया जिल्लाबाट फेला पारिएको । वर्ष ५ को बालक वर्ष ११ की बालिका र वर्ष १४ को बालक भारत स्थित KIN INDIA र शुभअवसर ग्राम नेपालको सहयोगमा करिव ४ महिना पछी उद्धार गरी नेपाल ल्याई राष्ट्रिय बालअधिकार परिषद् मा जिम्मा लगाएको छ।

बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशवाट वर्ष ५ को बालक र वर्ष ११ की बालिकालाई परिवारमा पुनर्मिलन गराईएको र वर्ष १४ को बालकको परिवार फेला नपरेको हुँदा नीज बालकललाई अस्थायी संरक्षणका लागी सिपिसिएस वेलवारी मोरङमा पठाईएको छ ।

वर्ष ५ का बालकलाई पुर्णियावाट धर्मपुत्रको रुपमा पठाउने अवस्थामा उद्धार गरि नेपाल फिर्ता ल्याईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार