जम्मु–कास्मिरस्थित कारगिलमा भूकम्पको धक्का

२०८० पुष २, सोमबार

काठमाडौँ : जम्मु–कास्मिरस्थित कारगिलमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।

दिउँसो ३ बजेर ४८ मिनेटमा ५।५ म्याग्निच्युडको भूकम्प गएको अधिकारीहरूले पुष्टि गरेका छन्। भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यस भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको समाचार प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार