काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरङ्कुशताको इतिहास बोकेको राजतन्त्र फेरि फर्किएर नआउने बताएका छन्।
कम्युनिष्ट आन्दोलनका पुराना नेता गोपाल भण्डारीलाई पार्टी प्रवेश गराउन आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले इतिहास बनिसकेको राजतन्त्र फर्काउन सम्भव नभएको बताए। राजनीतिक दल र नेतामा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले राजनीतिक दल र नेताबाटै समस्याको समाधान खोज्नुपर्ने बताए।
सडकमा जुलुस निस्किदैमा सरकार आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। रासस