बालविवाह गर्ने बेहुलासहित पाँच जना पक्राउ

२०८० पुष ४, बुधबार

नवलपुर : नवलपुरमा जर्वजस्ती बालविवाह गरेको  आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् ।

नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् । नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बालविवाह भएको भन्ने सूचना पाउन साथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताए । उक्त दफाअनुसार जर्वजस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार