छोरीको कारण आलिया बनिन् ‘एञ्जाइटी’को शिकार

२०८० पुष ४, बुधबार

काठमाडौं : केही समयअघि आमा बनेकी भारतीय चलचित्र अभिनेत्री आलिया भट्ट ‘एञ्जाइटी’सँग संघर्ष गरिरहेकी छिन् ।

सामाजिक सञ्जालमा सोधिएको प्रश्नको जवाफ दिँदै आलियाले छोरी राहाबाट टाढा हुँदा आफू चिन्तित ‘एञ्जाइटी’ महसुस गर्न थालेको बताएको समाचारमा जनाइएको छ ।

यसै क्रममा आलियाले राहालाई छोड्नु आफ्ना लागि सजिलो नभएको बताइन् । तर, बानी पर्न केही समय लाग्ने बताएकी थिइन् । कम्तिमा आफ्नो परिवारसँग छ भन्ने सोच्दा मात्रै उसको दोष कम हुने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार