३५ अंकले बढ्यो नेप्से परिसूचक

२०८० पुष ४, बुधबार

काठमाडौं : बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७.१ प्रतिशत बढ्यो भने लगानी समूह ६.९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६.२ प्रतिशत बढ्यो ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे । निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार