राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदाता संख्या दुई हजार ४७

२०८० पुष ५, बिहीबार

काठमाडौँ : माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत भएको छ। निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदाता नामावली स्वीकृत गरेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर मतदाता हुने कानूनी व्यवस्था छ।

सोही व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर १ हजार ४९८ जना गरी जम्मा २ हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार