साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति मन्त्री पदमा बस्न मिल्छ ? रवि लामिछाने

२०८० पुष ५, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता खल्बल्याउने प्रकृतिको उत्तेजक र पदीय गरिमाविपरीत भएको टिप्पणी गरेका छन् ।

साथै उनले गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्धेष फैलाउने मन्त्रीले पदमा कसरी मिल्छ भन्दै प्रश्न गरेका छन् । ‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ’, लामिछानेले सामाजिक सञ्जालमा बिहीबार भनेका छन्, ‘यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ?’

लामिछानेले प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनुपर्ने समेत बताएका छन् । मन्त्री किरातीले क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी लगाएर जेल कोच्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार