बेपत्ता भएको ४५ वर्षपछि घर फर्किए धनबहादुर

२०८० पुष ८, आईतवार

दमक : ४५ वर्षदेखि घर परिवारसँग सम्पर्कविहीन रहेर बेपत्ता रहेका एक व्यक्ति फेला परेका छन् । ताप्लेजुङ जिल्ला श्रीजङ्गा गाउँपालिका–३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बू बालकैमा हराएका थिए । १५ वर्षको उमेरदेखि नै बेपत्ता रहेका लिम्बु ६० वर्षको उमेरमा आफन्तको सम्पर्कमा आएका हुन् ।

४५ वर्षदेखि हराई बेपत्ता भएका उनको खोजीका लागि परिवार वर्षौदेखि भौंतारिँदै गरेको थियो । उनी भारतमा बेवारिसे अवस्थामा फेला परेको र स्थानीय एक संस्थाले उद्धार गरेको जनाइएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत सिक्किमको अन्तर्राष्ट्रिय मानव परिषद् संस्थाको पहलमा उनलाई भारतबाट नेपाल ल्याइएको छ ।

करिब दुई महिना अगाडि बेवारिसे अवस्थामा फेला पारी पुनर्स्थापना केन्द्रमा राखेको जानकारी आफुहरुले पाएको र ल्याउन प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताएका छन् । उक्त संस्थाले उक्त व्यक्तिको पहिचानका लागि झापा प्रहरीसँग समन्वय गरेको थियो ।

उक्त सस्थासँग समन्वय गर्दा संस्थाको प्रतिनिधिहरुले शनिवबार लिम्बूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याइदिएको रिजालले जानकारी दिए । लिम्बूको भतिज नाता पर्ने व्यक्ति आएर बुझेर लगेको बताइएको छ । ताप्लेजुङ साविक तेल्लोक गा.वि.स. वडा नं.२, हाल श्रीजङ्गा गाउँपालिका वडा नं. ३ बस्ने ४३ वर्षका आइतराज लिम्बू आएर बुझेर लगेको रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार