घरमा आगोलाग्दा पाल्पामा ९ महिने शिशुको मृत्यु

२०८० पुष ८, आईतवार

काठमाडौँ : पाल्पाको निस्दीमा घरमा आगो लाग्दा नौ महिने शिशुको मृत्यु भएको छ। निस्दी गाउँपालिका–३ क्यामरुङका श्यामबहादुर पल्लीको घरमा आगलागी हुँदा जलेर नौ महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो अभिभावक शिशुलाई घरमा सुताएर नजिकैको बारीमा काम गर्न गएको बेला घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार गोठमा गाईवस्तुलाई कुडो पकाउन सल्काएको आगो घरमा सल्किँदा घटना भएको हो। आगलागीमा परेर गोठमा रहेका भैँसी र बाख्रासमेत मरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार