काठमाडौँ : अन्य मौसमको तुलनामा जाडोमा घाँटीको समस्या बढी हुन्छ । कतिपयको लागि यो यति खतरनाक हुन्छ कि उठ्न र बस्न पनि गाह्रो हुन्छ।
जाडोमा यो समस्या किन बढ्छ भन्ने धेरैले बुझ्दैनन् ।
किन दुख्छ ?
चिकित्सकीय अध्ययनअनुसार लामो समयसम्म कुर्सीमा बस्ने मानिसमा रक्तसञ्चार खराब हुँदा घाँटी दुख्ने समस्या देखिन्छ । यसका साथै, अचानक तापक्रम घट्दा शरीर दुख्ने र मांसपेशीमा समस्या आउने गर्छ ।
तथापि, घाँटी दुख्ने समस्या धेरै कारणले हुन सक्ने बताइएकाे छ ।
अन्य मौसमको तुलनामा चिसो मौसममा शारीरिक गतिविधि कम हुन्छ । साथै, चिसो हावाका कारण घाँटीमा पनि समस्या हुनसक्छ ।
जसका कारण घाँटीकाे मांसपेशीहरु संकुचित हुन थाल्छन् । जसले रक्तसञ्चारमा प्रभाव पार्दछ । जसका कारण घाँटीकाे जाेर्नी दुख्न थाल्छ ।
कसरी बच्ने ?
जाडोमा घाँटीको दुख्ने समस्याबाट बच्न चाहनुहुन्छ भने नियमित शारिरीक कसरत गर्नु अनिवार्य रहेकाे चिकित्सकहरू बताउँछन् । जसका लागि हल्का व्यायाम गर्नुपर्छ ।
यस समयमा शारीरिक गतिविधि धेरै महत्त्वपूर्ण छ। जसले गर्दा शरीर न्यानो रहन्छ । रक्तसञ्चार ठिक छ भने घाँटीको दुखाइ पनि ठीक हुन्छ ।
अर्काेतर्फ खानपानमा पनि ध्यान दिनु अनिवार्य छ । ताताेयुक्त खानाले शरीरमा गर्मी कायम राख्छ।





