पोखरा : पोखरामा गए राति पूर्व राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ ।
पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे पूर्व राजा वीरेन्द्रको शालिक राखिएको हो । उक्त ठाउँ वडा नम्बर १०, १४ र १५ को संगम स्थल पर्छ ।
वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन् ।
उक्त ठाउँमा २०६२/६३ अघि पूर्व राजा वीरेन्द्रको शालिक थियो । ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको शालिक हटाएका थिए । करिब २५ लाख खर्चेर पूर्व राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको शालिक पुनः स्थापनामा संलग्न एक युवकले जानकारी दिए ।
‘हामी स्थानीय कै समन्वयमा शालिक पुनः स्थापना गरेका हौं । पहिले पनि यो ठाउँमा राजाकै शालिक थियो । शालिक पुनः स्थापना गर्न स्थानीयको समिति नै बनेको थियो, उनले भने ।





