कोरियामा रोजगारी : भाषा परीक्षाको लागि पर्‍याे अहिलेसम्मकै सर्वाधिक आवेदन

२०८० पुष ९, सोमबार

काठमाडौँ : दक्षिण कोरियामा रोजगारीमा जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि यही पुस २ गते आवेदन माग गरेको थियो। पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा १ लाख ४३ हजारभन्दा बढीले आवेदन दिएका ईपीएस शाखाले जनाएको छ।

अनलाइन प्रणालीबाट आवेदन दिने व्यवस्था भएयता परेको यो नै अहिलेसम्मकै सर्वाधिक आवेदन हो।

गएको साउनमा भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने व्यवस्था भएपछि धेरै आवेदन परेको ईपीएस कोरिया शाखाले जनाएको छ। अहिले खोलिएको आवेदनको परीक्षा मिति भने तोक्न बाँकी छ।

दक्षिण कोरिया सरकारले उत्पादनमूलक क्षेत्रका लागि सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने तयारी गरेको ईपीएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।

रोजगारीका लागि कोरिया जान चाहनेले पहिले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार