काठमाडौँ : सर्लाहीको मलंगवा नगरपालिका–८ मलंगबाबा मन्दिर नजिक एक व्यक्ति मृत फेला परेका छन्। नामथर वतन नखुलेको जिन्स पाईन्ट, कालो सर्ट लगाएको अन्दाजी २०/२१ वर्षको युवक मुखबाट फिज निस्केको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थाहा पाउनासाथ प्रहरी चौकी गोरखकाली, र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी टोली खटि गई मुचुल्का गरी शव प्रादेशिक अस्पताल मंलगवामा राखिएको छ। मृतकको आफ्न्तहरू फेला परेमा ९८५४०९०१९१, ९८५४०९०१९९ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।





