सेनाका सहायक रथी ढकाल र घिमिरे उपरथीमा बढुवा

२०८० पुष १५, आईतवार

काठमाडौं : नेपाली सेनाका दुई सहायक रथी उपरथीमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्।

शुक्रबार बसेकाे मन्त्रिपरिषद बैठकले उपरथी पदमा रिक्त भएपछि उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा भएका छन्। उपरथीमा रिक्त दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनिल श्रेष्ठलाई सिफारिस गर्दै ७ दिने सूचना जारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
4

ताजा समाचार