मिर्मिरे लघुवित्तको लाभांश घोषणा

२०८० पुष १६, सोमबार

काठमाडौँ : मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत  नगद लाभांश (कर प्रयोजन सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ५७ लाख  रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार