साउदी हिँडेका विक्रम फ्लाइट छुटेपछि एक सातादेखि सम्पर्कविहीन

२०८० पुष १६, सोमबार

तानसेन : खाडी मुलुक साउदी अरब जान भनी पाल्पाबाट काठमाडौँ पुगेका एक युवक सम्पर्कविहीन भएका छन् । पूर्वखोला गाउँपालिका–१ माझकोटका २३ वर्षीय युवक विक्रम पङ्गेनी एक सातादेखि सम्पर्कविहीन भएका हुन् ।

आठ दिनदेखि छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमा सहयोग गरिदिन विक्रमका बुवा जगन्नाथ पङ्गेनीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब पुगेका विक्रम ४५ दिनको बिदामा घरमा आएर पुनः साउदी जान भन्दै गत पुस ३ गते काठमाडौँ गएका थिए । काठमाडौँ पुगेपछि ६ गतेको फ्लाइटमा नगई विक्रम सम्पर्कविहीन भएको परिवारको भनाइ छ ।

विक्रमले फ्लाई दुबईमार्फत २२ डिसेम्बर २०२३ अर्थात पुस ६ गते ००ः४५ मा काठमाडौँबाट उडेर दुबई हुँदै ९ः०० बजे साउदीको रियाद पुग्ने जहाजको टिकट काटेका थिए । पुस ६ गते साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि भने सम्पर्कमा नआएको उनले बताएका छन् ।

काठमाडौँस्थित टिकट काउन्टरले २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएको छ । विक्रम पुस ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको तर फ्लाइट छुटेपछि राति ११ ः२० मा विमानस्थलबाट बाहिरिएको र अहिलेसम्म सम्पर्कविहीन रहेको विक्रमका दाजु सागर पङ्गेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार