‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप

२०८० पुष १६, सोमबार

काठमाडौँ : काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

आज बिहान मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा भेला भएका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ३० जनालाई पक्राउ समेत गरेको छ।

सरकारले केही समय अगाडीबाट माइतीघर मण्डलामा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार