बालकुमारी घटनाका मृतकलाई सहिद घोषणाको माग गर्दै प्रदर्शन

२०८० पुष १६, सोमबार

काठमाडौँ : बालकुमारी घटनामा मृत्यु भएका दुई युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ। सोमबार ललितपुरको पाटनमा बालकुमारी घटनामा मृत्यु भएका दुई युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो। दुई युवाहरुलाई सहिद घोषणा गर्नुपर्ने, गृहमन्त्रीले राजिनामा दिनुपर्ने लगायतका मागहरु राख्र्दै उनीहरुले जुलुस निकालेका छन्।

गत शुक्रबार दिउँसो बालकुमारी घटनामा दुई युवाहरुको मृत्यु भएको थियो। ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार