काठमाडौं : टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज-३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
यो अपरेशन सबै प्रान्तहरूमा एकसाथ गरिएको थियो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारे जानकारी गराउनुभएको हो । अधिकांश संदिग्धलाई राजधानी अंकाराबाट पक्राउ गरिएको थियो ।
एकै समयमा देशको सबैभन्दा धेरै जनसंख्या भएको शहर इस्तानबुलमा २२ जनालाई पक्राउ गरिएको थियो । टर्की सरकारले २०१३ मा इस्लामिक स्टेटलाई आतंकवादी संगठन तोकेको थियो ।





