काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त भएका छन् ।
मन्त्रालयले सोमबार सह–सचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो । यसअघिका प्रवक्ता डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएका छन् । त्यसपछि मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।





