सांसद बजगाईँले गरे हेलिकप्टरमार्फत बिरामीको उद्धार

२०८० पुष १७, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले  गोर्खाको उत्तरी क्षेत्रबाट एकजना गम्भीर बिरामी वृद्धलाई हेलिकप्टरबाट उद्धार गरेका छन्।

सांसद बजगाईँले उत्तरी गोर्खाको चुम्नुब्री छेकम्पारका ७२ वर्षीय फुन्जो लामालाई काठमाडौं ल्याएका हुन् । ‘हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा तल ओर्लिनु पर्छ,’ उनले भने, ‘तल ओर्लिने बाटो छैन। हेलिकोप्टरबाट उद्धार गर्नुको विकल्प छैन।’

खास गरी यस क्षेत्रमा हवाइजहाज उडाउँदा चीनको आपत्ति हुने ठानेर मन्त्रीदेखि स्थानीय प्रशासनसम्मले अवरोध सिर्जना गर्ने गरेको सांसद बजगाईँको गुनासो छ । केही वर्षयता उनले दुर्गम गाउँका बासिन्दाको हेलिकोप्टरमा उद्धार गर्दै आएका छन्। गम्भीर बिरामी फुन्जो लामालाई काठमाडौँमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार