रेभेलविरुद्ध पिएसजीको ९ गोल, एम्बाप्पेको ह्याट्रिक

२०८० पुष २३, सोमबार

काठमाडौं : पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए।

यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार