नेप्से फेरि उकालोतर्फ, २१२ कम्पनीको सेयर मूल्य बढ्यो

२०८० पुष २३, सोमबार

काठमाडौँ : सेयरबजारमा आज हरियाली छाएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो। योसँगै बजारमा आज ४ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। आज बजार खुलेयता नै निरन्तरजसो उकालो लागेको थियो। नेप्से बढेसँगै २१२ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ वटाको मात्र घटेको र ५ वटाको उही मूल्यमा कारोबार भएको छ।

सोमबार १ करोड ३७ लाख बढी कित्ता सेयर बिक्री भएका थिए। आज सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताहरुले कमाएका छन्।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक, प्रभु स्मार्ट फन्ड, एनएमबी डिबेन्चरलगायतका सेयरधनीले गुमाएका छन्। आज पनि सोनापुर मिनरल्सको सर्वाधिक २१ करोडको कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार