सिटौला राष्ट्रिय सभाको अध्‍यक्ष : शेखर कोइराला

२०८० पुष २३, सोमबार

विराटनगर : राष्ट्रिय सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्ष बन्ने नेताहरूले बताएका छन् ।

सोमबार मनोनयन दर्तापछि बसेको गठबन्धन दलको बैठकमा नेताहरूले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताएका हुन् । बैठकमा उम्मेदवार छनोटमा असन्तुष्टि जनाएका नेता डाक्टर शेखर कोइराला पनि थिए । उनले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनका लागि उम्मेदवार बनाएको बताए ।

आफू हारेकालाई उम्मेदवार बनाउने पक्षमा नरहेको बताउँदै उनले सिटौलाको योगदानको इतिहास हेरेर सहमत भएको बताए । गठबन्धनमा सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति भएको उनको भनाइ छ ।

बैठकमा सहभागी महामन्त्री विश्वप्रकाश शर्माले पनि सिटौलाले अब राष्ट्रिय सभाको नेतृत्व गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार