प्यूठान-दिल्ली मैत्री बस सञ्चालन

२०८० पुष २४, मंगलवार

बुटवल : प्यूठानदेखि भारतको नयाँ दिल्लीसम्म मैत्रीबस सञ्चालन भएको छ।

सोमबारदेखि सुरु गरिएको मैत्री बसको लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गरे। प्यूठान नगरपालिका–७ टिकुरी बसपार्कबाट बस छुट्ने छ। स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिले मैत्री बस सेवा सञ्चालनमा ल्याएको अध्यक्ष सुशीलकुमार बस्नेतले जानकारी दिए। सुविधायुक्त एसीसहितको डिलक्स बस सञ्चालनमा ल्याइएको बस्नेतले बताए।

दिनहुँ छुट्ने मैत्रीबसमा प्यूठानदेखि दिल्लीका लागि भाडादर तीन हजार दुई सय रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार