एक सयभन्दा धेरै मोटरसाइकल चोरी गरेको आरोपमा मोरङबाट पक्राउ परे दुई युवक

२०८० पुष २४, मंगलवार

मोरङ : मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको हरिनगरा ६ बस्ने ४० वर्षीय नजाम अन्सारी र सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारी छन्।अनुसन्धानका क्रममा उनीहरुले लामो समय देखि मरोङ र सुनसरीका विभिन्न स्थानहरूबाट एक सयवटा भन्दा धेरै मोटरसाइकल चोरी गरेको पाइएको जिल्ला प्रहरी कार्याल्य मोरङले जनाएको छ।

नेपालमा चोरी गरेका मोटरसाइकल उनीहरुले भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार