इलाममा खुकुरी प्रहारगरी आफ्नै छोराको हत्या

२०८० पुष २४, मंगलवार

इलाम : इलाममा एक व्यक्तिले खुकुरी प्रहारगरी आफ्नै छोराको हत्या गरेका छन्। इलामको माई नगरपालिका- ६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवनको हत्या गरेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

गएराति घरायसी झगडाको क्रममा ३७ वर्षीय राईले खुकुरीले हान्दा छोरा जीवन गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बीएण्डसी हस्पिटल बिर्तामोड झामा आज बिहान मृत्यु भएको हो।

जीवन कक्षा ११ का विद्यार्थी हुन्। दिलकुमारका उनी एक्लो छोरा भएको छिमेकीहरुले बताएका छन्। घटनापछि गएराति नै स्थानीयले पक्राउ गरेर दिलकुमारलाई प्रहरीको जिम्मा लगाएका जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी प्रकाश जवेगुले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार