श्रीमतीलाई भेट्न आउँदा पक्राउ परेका थिए बम्जन

२०८० पुष २४, मंगलवार

काठमाडौं : लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन परिवारलाई भेटन आउँदा पक्राउ परेको खुलेको छ ।

काठमाडौं बुढानिलकण्ठ वडा नं. ७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । उनीमाथि मानव बेचविखन र व्यक्ति बेपत्ताको आरोप लागेपछि सीआईबीले लामो समयदेखि खोजी गरिरहेको थियो

बम्जनको नातेदारलाई प्राविधिक रुपमा निगरानीमा राखेर प्रहरीले खोजे पनि उनी फेला पर्न सकेका थिएन । उनी कहिले काठमाडौं आएका थिए भन्नेबारे केही खुलाइएको छैन । यद्यपी सीआईबीले सिन्धुलीमा रहेको उनको आश्रममा पनि छापा मारेको थियो । उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीलगायत जिल्लामा जाहेरी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
6
+1
2
+1
2

ताजा समाचार