अफगानिस्तानमा शक्तिशाली भूकम्प, पाकिस्तान र भारतमा पनि धक्का महसुस

२०८० पुष २६, बिहीबार

काठमाडौँ : बिहीबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । फैजावाद केन्द्रविन्दु रहेर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट अफगानिस्तानमा भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि, भारतीय सञ्चारमाध्यमले भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको जनाएका छन् ।

भारतको जम्मु–कश्मिरदेखि दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पको धक्का महसुस हुनासाथ दिल्लीमा कयौँ मानिस घरबाट बाहिर निस्किएका थिए । पाकिस्तानको मौसम विभागले स्थानीय समयअनुसार दुई बजेर २० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार