पृथ्वीनारायणलाई गाली गरेर मार्क्स र लेनिनलाई माला लगाउनेले देश बनाउँदैनन् : रवीन्द्र मिश्र

२०८० पुष २७, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई गाली गरेर मार्क्स र लेनिनलाई माला लगाउनेले देश बनाउन नसक्ने जिकिर गरेका छन् ।

राष्ट्र गौरव अभियानले पोखरामा शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मिश्रले पृथ्वीनारायण शाहको योगदानको सम्मान गरिनुपर्ने बताए । पृथ्वीनारायण शाह भौगोलिक एकीकरणकर्ता मात्र भएको दाबी गर्नु गलत भएको उनले बताए । भौगोलिक एकीकरणसँग भावनात्मक एकीकरण जोडिने र त्यसैले देश एकजुट हुने मिश्रको भनाइ थियो ।

देशले पृथ्वीनारायण शाह मात्र नभएर देश बनाउने हुटहुटी भएका राजा महेन्द्रको योगदान बिर्सिन थालेको उनको गुनासो थियो । उनले राजा महेन्द्रको तुलना आधुनिक सिंगापुरका जन्मदाता मानिने ली क्युआन युसँग गरे । राजा महेन्द्र १० वर्ष बढी बाँचेको भए ली क्युआनभन्दा सक्षम प्रमाणीत गर्न सक्ने उनले दाबी गरे ।

उनले देश बिग्रनुमा राजनीतिकर्मी मात्र नभई जनता पनि दोषी रहेको र यो कुरा स्वीकार्न हिच्किचाउन नहुने बताए । राजनीतिकर्मी बिग्रिए चुनावबाट सच्याउन सकिने, जनता बिग्रिँदा केही उपाय नरहेकाले जनता बिग्रन नहुने मिश्रको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार