हेटौंडामा आफ्नै भाइले दाजुलाई पेट्रोल छर्केर आगो लगाए

२०८० पुष २८, शनिबार

हेटौंडा : मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एक जना भाइले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन् ।

आज शनिबार दिउँसो हेटौंडा-४ चिल्ड्रेन पार्क गर्दोइ बस्ने २८ वर्षीय रवि गिरीले आफ्नै दाजु ३२ वर्षीय कुमार गिरीलाई पेट्रोल छर्की आगो लगाएका हुन् । मादक पदार्थ सेवन गरी विवाद हुँदा रविले आफ्नै दाजुको शरीरमा पेट्रोल छर्की आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताए। उनका अनुसार गम्भीर घाइते कुमारलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन रिफर गरिएको छ ।

पेट्रोल छर्की आगो लगाउने रविलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार