बहुविवाह मुद्दामा महिला पक्राउ

२०८० पुष २८, शनिबार

झापा : बहुविवाह मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी महिला पक्राउ परेकी छन्। हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन्।

उनलाई झापा फैसला कार्यान्वयनको लागि खटिएको टोलीले बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो। तर उनी फरार थिइन्।

पक्राउ परेकी महिलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ त्यहाँबाट कैद भुक्तानीको लागि झापा कारागार पठाइएको डिएसपी रिजालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार