बर्दियामा भ्यानको ठक्करबाट एकको मृत्यु

२०८० पुष २९, आईतवार

बर्दिया : बर्दियाको मधुवन नगरपालिकाको बेलवा चोक हुँदै भुरीगाउँ तर्फ गइरहेको यात्रुवाहक भ्यानको ठक्करबाट एक जना साइकल यात्रुको ज्यान गएको छ । भे १ ज १३८६ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही ठाउँका करिब ४० वर्षीय रामबहादुर थारु गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी तिलकराम अर्यालले शुक्रबार भ्यानको ठक्करबाट गम्भीर घाइते भएका थारुलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको जनाए । प्रहरीले भ्यान र चालक प्रतिक थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार