राष्ट्रिय सभाा निर्वाचन : मंगलबारदेखि लागु हुँदै आचारसंहिता

२०८० पुष २९, आईतवार

काठमाडौँ : आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू हुने भएको छ।

मंगलबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउने आवश्यक व्यवस्था मिलाउन सरकार र सम्बनिधत निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने आयोगले जनाएको छ।

मतदान केन्द्र बन्द नहुन्जेलसम्म कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामूहिक मस्तिष्क मन्थन आदि गर्न नहुनेसमेत व्यवस्था आयोगले गरेको छ।

निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अर्थात माघ ८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने भनेको छ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन गराउन नहुने पनि आयोगले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार