देवघाटमा मकर स्थान मेला : भक्तजनको घुइँचो

२०८० माघ १, सोमबार

चितवन : माघे संक्रान्तिको अवसरमा देवघाटमा मकर स्नान मेला लागेको छ । काली गण्डकी र त्रिशूली नदीको संगम देवघाटधामको बेणीमा आइतबार बिहान लिङ्गो गाडेर मेलाको सुरुवात गरिएको हो ।

माघे संक्रान्ति मेलालाई व्यवस्थित गर्न देवघाट क्षेत्र विकास समितिले तीन जिल्लासँग समन्वय गरेको छ । बिहानै देवघाटको बेणिमा स्थान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ ।   देवघाटमा नुहाउनेहरूको बिहानैदेखि भीड लागेको छ । दामोदर कुण्डबाट बग्ने कालीगण्डकी र गोसाँइकुण्डदेखि सुरु भएको त्रिशूली नदीको संगम देवघाट क्षेत्रमा मकर सङ्क्रान्तिको दिन देवताहरुले अटन गर्ने वैदिक सनातन धार्मिक मान्यता छ ।

मकर सङ्क्रान्तिमा लाग्ने मेलामध्ये देवघाट लाग्ने मेला सबैभन्दा ठूलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार