ललितपुर : ललितपुरको इमाडोलमा लुगा सुकाउने क्रममा महिला इनारमा खसेकी छन् । दोलखा घर भएकी २८ वर्षीया नुतन प्रधान ३० फिट गहिरो इनारमा खसेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
उनले भने–‘हाम्रो टोलीले उद्धारको प्रयास गरिरहेको छ ।’ लुगा सुकाउने क्रममा इनारको स्ल्याब भत्किएपछि उनी स्वल्याबसँगै तल खसेकी हुन् ।





