दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिबस तथा माघे संक्रान्ती मेला २०८०

२०८० माघ २, मंगलवार

काठमाडौँ : कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा र गरिव तथा सिमान्तकृत समुदायको जिविकोपार्जनको प्रमुख आधार हो । नेपालको संविधानमा जैविक स्रोतहरुको संरक्षण र दीगो उपयोगलाई उच्च महत्व दिई राज्यको नीतिमा उल्लेख गरिएको छ भने जैविक विविधता संरक्षणमा तीनै तहको सरकारको भूमिका रहने उल्लेख छ । यसैगरी नेपाल जैविक विविधता संरक्षण सम्वन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र समेत रहेको छ।

नेपाल जैविक विविधतामा धनी भएता पनि पछिल्लो समय जलवायु परिवर्तन तथा आधुनिक खेती प्रणालीका कतिपय नकरात्मक प्रभावका कारण समग्र कृषि जैविक विविधताकोे ह्रासलाई तीव्र बनाएको छ । नेपालमा रैथाने कृषि जैविक विविधता (बाली, घाँसे बाली, पशुपन्छी, जलीय, किरा र शुक्ष्म जीवजन्य) आशिक स्रोत मध्ये करिव ४० प्रतिशत लोप भै सकेको हुनसक्ने अनुमान गरिएको छ । त्यसैगरी हाम्रा कैयन सामाजिक, धार्मिक तथा साँस्कृतिक परम्परा एवं अवसरहरु कृषि जैविक विविधतासंग जोडिएका भएता पनि त्यस्ता विशेष पर्व वा अवसरहरुमा अन्तरनिहित कृषि जैविक विविधतासंग सम्वन्धित पक्षहरुलाई अपेक्षित रुपमा उजागर एवं प्रचार प्रसार गर्न सकिएकोदेखिँदैन । ह्रासोनमुसख अवस्थामा रहेका रैथाने कृषि जैविक विविधताको संरक्षण र दीगो उपयोगमा ध्यान पुर्याउन नसकेमा कृषि पारिस्थितिकीय प्रणालीमा नै नकरात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिन्छ । यसर्थ कृषि जैविक विविधताको महत्व र यसको संरक्षण बारे आम सर्वसाधारण र सरोकारवाला पक्षहरु जानकार र सचेत भई तिनको संरक्षण रदीगो उपयोगमा जोड दिन पर्ने टड्कारो आवश्यकता देखिन्छ ।

यसै परिप्रेक्ष्यमा कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकता बारे प्रचार प्रसार गर्न र सम्वन्धित सरोकारवालाहरुलाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दीगो उपयोगमा सकृय रुपमा लाग्न उत्प्रेरित गर्ने हेतुले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७९ साल देखि राष्ट्रिय कृषि जैविक विविधता सप्ताह मनाउन थालेको छ । यही कुरालाई दृष्टिगत गरी गत वर्ष जस्तै गरी रैथाने एग्री प्रडक्टस नेपालले बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, टोखा नगरपालिकाको सहकार्यमा टोखा नगरपालिका वडा नं.४, धापासी हाइटमा रहेको रैथाने एग्री प्रडक्टस् नेपालको प्रांगणमा २०८० माघ १ गते दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवश तथा माघे संक्रान्ती मेलाको शुभारम्भ कार्यक्रम संचालन गरियो । यस कार्यक्रममा प्रमुख अतिथि, मा. कृषि तथा पशुपक्षि बिकास मंत्री, बागमती प्रदेश डा.राजेन्द्रमान श्रेष्ठ कृषि विभागका महानिर्देशक डा हरि बहाडुर केसि, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख मेघनाथ तिमील्सिना, राष्टिय जीन बँैकका प्रमुख, डा बाल कृष्ण जोशी, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी डा बाल कृष्ण जोशी आदिले कृषी जैविक विविधता महत्ववारे प्रकास पारेका थिए । उक्त कार्यक्रम रैथाने एग्री प्रडक्टस नेपालको अध्यक्ष तिलक ढकालको अध्यक्षतामा संचालन भयको थियो।

विगत ४ वर्ष देखी नै रैथाने एग्री प्रडक्टस, नेपालले नेपालमा लोपोनमुख अवस्थामा रहेका रैथाने बालीहरुको खेति भैरहेका स्थानहरुको पहिचान गर्ने, त्यस क्षेत्रका किसानहरु र समुदायसंग समन्वय गर्ने, ति बालीहरुको दिगोरुपमा उत्पादन गर्ने , समुहहरुको सँस्थागत संयन्त्र तयार पार्ने, उनिहरुबाट उत्पादित बसतीहरुको गुणस्तर कायम गर्न (गुणस्तर नियन्त्रण कार्यबिधि) तयार गरी सोहीअनुसार कृषि उपजहरुको दिगो रुपमा उत्पादन र संकलन गरी बजारीकरण गर्ने कार्य गरिरहेको छ । गत वर्ष बाली बिकास तथा कृषी जैबिक विविधता संरक्षण केन्द्रको आर्थीक सहयोगमा बुढानिलकण्ठ नगरपालिका क्षेत्र बृक्षालय रिसोर्ट, काठमाण्डौमा २०७९ माघ १ गते प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवश तथा माघे संक्रान्ती मेला, माघ १ गते नेपालमा रैथाने वाली र यसको संरक्षणमा देखिएका चुनौती बिषयक छलफल कार्यक्रम संचालन गरिएको थियोे । कृषि जैविक विविधताको महत्वबारे आम जनमानसमा चेतना बढाई दीगो संरक्षण तथा उपयोगमा टेवा पुर्याउने उक्त कार्यक्रमको संचालन, संचालक सदस्य गौतम पौडेलले गरेका थिए । कार्यक्रममा सरकारी तथा गैसरकारी सघ सस्थाका प्रतीनिधी, साझेदारी संस्था, कृपा नेपाल, नेपाल युवा परिषद, कृषकहरु, सहकारी, रैथानेका शेयर सदस्य, संचालक, कर्मचारी तथा बिभिन्न संचारकर्र्मी आदी गरी ३०० भन्दा बढिको उपस्थिती रहेको थियो । सोही अवसरमा टोखा नगरपालिका वडा न ४ धापासी हाइटमा रहेको रैथाने एग्री प्रडक्टस, नेपाल कार्यलय परीसरमा प्रत्यक सनिवार रैथाने कृषी हाटबजारको पनि शुभारम्भ गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार