काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख १९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८५० सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।





