युद्ध सुरु भएदेखि गाजामा २४ हजारभन्दा बढी मानिसको मृत्यु

२०८० माघ २, मंगलवार

काठमाडौं : हमासको स्वास्थ्य मन्त्रालयले इजरायल–हमास युद्ध सुरु भएयता गाजामा २४ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ । तीमध्ये गएको दिनमा १ सय जनाको मृत्यु भएको छ ।

अक्टोबर ७ मा, हमास लडाकुहरूले इजरायलमा आक्रमण गरे। यसमा करिब १२०० जनाको ज्यान गएको थियो भने २०० भन्दा बढीलाई लडाकुहरूले बन्धक बनाएका थिए ।

त्यसयता इजरायलले गाजामा आक्रमण गर्दै आएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या २४ हजार १ सय पुगेको छ । रिपोर्टका अनुसार धेरै मानिसको शव भग्नावशेषमा दबिएको हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार