काठमाडौँ : रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस-युक्रेन युद्धमा मृत्यु भएको हो । मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरूले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका बताइएको छ ।





