बुबाको मुख हेर्छु भन्दै साजनको त्यो अन्तिम भिडियो कल

२०८० माघ २, मंगलवार

बेसीसहर : रूस-युक्रेन युद्वमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो।

गत असोज २ गते उनी रूस गएका थिए। ‘हामीलाई त रूसी सेनामा गएको नि थाहा थिएन। माल्टामा छु भन्थ्यो,’ मृतकका बुबा श्रीमान गुरूङले भने, ‘अस्ती रूस-युक्रेन युद्वमा बित्यो भनेपछि झसङ्ग भयौं।’ साजनले पुसको १६ गते श्रीमती सीतालाई भिडियो कल गरेका थिए। ‘राति ८ बजेतिर फोन आएको रैछ। बुबाको मुख हेर्छु भनेछ, बुहारीले फोन दिएको २ सेकेन्डमै फोन काटियो। न छोराले देख्न पायो, न मैले,’ बुबा श्रीमानले भने।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाइसीएल अध्यक्षसमेत बनेका थिए। उनको घरमा बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार