त्रिभुवन विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन

२०८० माघ २, मंगलवार

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी परिचालन गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय विमानस्थल भन्सारको नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ ।  भन्सारको सुरक्षालाई त्रुटि रहित बनाउने उद्देश्यले  सशस्त्र प्रहरी सहयोगीका रुपमा खटाइएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस २६ गते यससम्बन्धी निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार