गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

२०८० माघ ३, बुधबार

काठमाडौं : सरकारले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत पुस ११ गते डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए। मन्त्रालयकै प्रस्तावमा बुधबार मल्ललाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार