काठमाडौं : सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीय स्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ ।
नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया ६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेको हो ।
“अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक पटक धाउनुपर्ने बाध्यता हटेको छ”, नगरप्रमुख यादवले भने, “आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।”
उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीय स्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।





