होटल स्क्वायरको स्वीमिङ पुलमा भएको घटनामा ५ महिनापछि जाहेरी दर्ता

२०८० माघ ४, बिहीबार

काठमाडौं : ललितपुरको होटल स्क्वायरमा भएको घटनामा प्रहरीले ५ महिनापछि जाहेरी दर्ता गरेको छ। चौतर्फी दबाबपछि जिल्ला प्रहरी परिसर ललितपुरले जाहेरी दर्ता गरेको हो।

गत १५ भदौमा उक्त होटलको स्वीमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्। उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै आए पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।

जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता नवराज कार्कीले सरकारी वकिलको कार्यालयमार्फत् पुस २९ गते जाहेरी दर्ता भएको बताए। उनले अभियुक्तलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाइएको बताए। ‘अभियुक्तहरू नेपाल बाहिर रहेको देखिएको छ। शुक्रबार नेपाल आउने भनिएको छ। त्यसपछि पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाउँछौं,’ अन्नपूर्णसँग उनले भने।

पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार