अवैध मलखाद बोकेको १३ ट्रक नियन्त्रणमा

२०८० माघ ४, बिहीबार

बारा : अवैध रूपमा चोरी निकासी भएर बाराको बाटो हुँदै अन्यत्र जिल्ला लैजाँदै गरेको १३ ट्रक मल प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रकमा अवैध मल निकासी भइरहेको सूचनाको आधारमा खोज तलास गर्दा सो मल बरामद गरिएको प्रहरीले जनाएको छ । बुधबार राति करिब १० बजे निजगढबाट ८ र पथलैयाबाट ५ गरी मल बोकेको १३ वटा ट्रक नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ गरिएको ट्रकसहितको मलखाद कसको र कहाँबाट आएको बारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । उनले भने, “पक्राउ परेका मलखाद साल्ट ट्रेडिङ लिमिटेडको हो भन्ने प्रारम्भिक बुझाइ छ, तर कागजपत्रको प्रमाण हेरेपछि कसको हो भन्ने यकिन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार