म आफैँमा एउटा विद्रोह हुँ ! हर्क साम्पाङ

२०८० माघ ५, शुक्रबार

काठमाडौँ : ‘मैले सधैँ भन्ने गरेको तर अहिले सम्म कसैले नबुझेको ‘म आफ्नो कार्यकालमा भौतिक विकास गर्न मात्रै आएको व्यक्ति होइन!,’ सामाजिक सञ्जालमा शुक्रवार उनले लेखेका छन्, ‘म यो समाजको राजनीतिक मनोविज्ञान परिवर्तन गर्दै नेता र राजनीतिको परिभाषा परिवर्तन गर्न आएको व्यक्ति हुँ! मलाई अरू सङ्गै एउटै बास्केटमा राखेर नहेर्नु! म आफैमा एउटा बहस र विद्रोह हुँ!’

‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ हर्क भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’ उनको भनाइप्रति पाठकहरूको विभिन्न प्रतिक्रिया आएका छन्। कसैले उनलाई बढी मपाईँत्व भएको टिप्पणी गरेका छन् त कतिपयले उदाहरणीय नेता भन्दै तारिफ गरेका छन्। ‘अरूले भन्ने कुरा पनि आफै भनिदिने मेयर साव,’ सामाजिक सञ्जालमा दीपक न्यौपानेले उनको टिप्पणीमाथि प्रतिक्रिया दिएका छन्, ‘यो चाहिँ अलि बढी भयो कि।’

कतिपयले भने विकाशको काममा निर्धक्क भएर अगाडी बढ्न आग्रह गरेका छन्। ‘तपाईँको काम गर्ने र बोल्ने शैलीका कारण तपाईँप्रति मानिसको विश्वास बढेको छ,’ नवीन रिमाल लेख्छन्, ‘तपाईँ अगाडि बढ्नुस् धराने जनताले साथ दिने छन्।’

जसले जे भने पनि उनी आफ्नो बाटोमा आफ्नै सुरमा अगाडि बढेका छन्। उनले आफू न्यायको बाटोमा लडिरहेको बताउँदै कसैले साथ दिए पनि नदिए पनि अगाडी बढ्ने बताउँछन्। ‘यो न्यायको लडाइँमा कसैले साथ दियोस् नदियोस्, म एक्लै भएपनि लड्छु,’ उनी भन्छन्, ‘हिजो पनि एक्लै लडेको हु, आज पनि एक्लै लड्न तयार छु।’

विभेद बेथिति र अत्याचार विरुद्ध आफू एक्लै काफी भन्दै सबैले घेरवन्दी गरेपनि आफू एक्लै लड्न तयार भएको साम्पाङ बताउँछन्। ‘म परिवर्तन हुन्न,’ उनी भन्छन्, ‘म परिवर्तन ल्याउने छु।’ प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाउनुको कारणपनि धरानको माया रहेको उनले बताए। ‘धरानलाई किन हेला गरेको त,’ तस्बिर हटाएको बारेमा उनले भने, ‘धरानलाई केन्द्रले वास्ता नगरेकाले केन्द्रका तस्बिर हटायौँ।’

आफू फगत एउटा मेयर मात्र नभएको बताउँदै उनले बहस छेड्न आएको अभियन्ता भएको बताउँछन्। ‘म जागिर खान आएको फगत एउटा मेयर मात्र हैन,’ उनी भन्छन्, ‘मैले विकाशको एउटा सुन्दर सपना देखेको छु, त्यो पुरा गर्न लागिपरेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार