चिसोका कारण १२ वर्षीया राउटे बालिकाको मृत्यु

२०८० माघ ५, शुक्रबार

दैलेख : राउटे समुदायकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ । भैरवी गाउँपालिकामा बसोबास गर्दै आएको राउटे समुदायकी हरिबहादुर शाहीकी १२ वर्षीया छोरी दुर्गा शाहीको मृत्यु भएको हो ।

उनी करिब एक महिनादेखि बिरामी भएर थलिएकी थिइन् । राउटे समुदायमा कार्यरत एक कर्मचारी लालबहादुर खत्रीका अनुसार चिसो र खानपानका कारण बिरामी परेकी दुर्गाको उपयुक्त उपचार हुन नसकेका कारण ज्यान गुमेको छ ।

दुर्गाको मृत्यु भएपछि भैरवी गाउँपालिकामा बस्दै आएका राउटे समुदाय बसाइँ सरेका छन् । उनीहरु चामुण्डाबिन्द्रासैनी नगरपालिका-४, सुईयातडामा बसाइँ सरेका छन् । यहाँका राउटे समुदायको जनसंख्या १ सय ३७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार