निजामती कर्मचारी अस्पतालको प्रशासनमा करार कर्मचारीले गरे तालाबन्दी

२०८० माघ ५, शुक्रबार

काठमाडौं : विभिन्न माग राख्दै आन्दोलनरत काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका करार कर्मचारीहरुले प्रशासनिक भवनमा तालाबन्दी गरेका छन्।

अस्पतालको विनियमावली सम्पूर्ण कर्मचारीहरुको हकहित सुनिश्चित गर्नका लागि संशोधन गर्नुपर्ने लगाएतका माग राखेर आन्दोलनरत करार सेवाका कर्मचारीहरुले अस्पतालको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन्। कार्यकारी निर्देशकका साथै आर्थिक तथा प्रशासन विभाग प्रमुखको कार्यकक्षमा ताला लगाउन खोज्दा सुरक्षाकर्मीहरुले रोकेका थिए।

त्यसपछि उनीहरुले अस्पतालको प्रशासनिक भवनमा नै तालावन्दी गरेका छन्। करार कर्मचारी हित संघर्ष समितिले विनियमावली निर्माण गर्दा निजामति कर्मचारी युनियन र संघर्ष समितिका प्रतिनिधिहरुलाई सहभागी गराउनुपर्ने, विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई पूर्ववत सेवा र सुविधाको निरन्तरता कायम गर्नुपर्ने, स्थायी प्रक्रियामा जाने व्यवस्था गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको छ। त्यस्तै उनीहरुले कर्मचारीहरुको बृत्ति विकासमा न्यायापूर्ण समानता र पेशागत सुरक्षा कायम गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार